कोरोना अपडेट: थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १७ : २८
कोरोना अपडेट: थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ छ । 

प्रतिक्रिया दिनुहोस