चितवनमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १७ : ०४
चितवनमा थप ३२२ जनामा  कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । आज जिल्लामा संक्रमितको संख्या उच्च रहेको छ । स्वास्थ्य कार्यालय चितवनले रिपोर्ट अनुसार आज एकै दिन जिल्लाभर ३२२ जना नयाँ संक्रमित थपिएका छन।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा८९४ जनाको कोरोना परिक्षण गर्दा पिसिआरबाट २२७ र एन्टिजेनबाट ९५ जना गरी कुल ३२२ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २९ हजार ७१ पुगेको छ ।

आज जिल्लाभर १ हजार ८०० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ७५६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना अस्पतालमा उपचाररत छन् ।यता आज ११ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ८३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस