लोकसेवा आयोगका लिखित परीक्षाहरु पनि स्थगित

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १६ : ५३
लोकसेवा आयोगका लिखित परीक्षाहरु पनि स्थगित

काठमाडौं । लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आज बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका निर्धारित सबै परीक्षा स्थगित गरेको हो । 

उपसचिव, संगठित संस्थाका परीक्षाहरु गर्ने तयारी थियो । ती परीक्षाहरु स्थगित भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस