स्थानीय निकायसँग सहकार्य गर्दै उपत्यका बिकास प्राधिकरण

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, ११ : ४४
स्थानीय निकायसँग सहकार्य गर्दै उपत्यका बिकास प्राधिकरण

काठमाडौं । उपत्यका बिकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धोविखोला व्यावस्थापन र सौन्दयर्यी करणका बारेमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका ४,५,७,९,१०,११,२९,३०, र बुढानिलकण्ठ नगरपालिकाका ८,९,१०,१३ का वडाअध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो । धोविखोला कोरिडोर निर्माणको ९५ प्रतिशत काम सकिएपनि निलो पुल छेउको क्षेत्रमा ३ वटा घरको मुअब्जाका कारण र अर्को पटि पहिरो व्यास्थापका कारण काममा केही ढिलाइ भएको साथै काम सम्पन्न भइसकेको ठाउँमा बाटो र पुलमुनीको भागमा जथाभावी फोहोर थुप्रीएको, खोलामा ढल मिसिएको सन्दर्भलाई लिएर यसको समाधानका लागि स्थानीय जनप्रतिनिधि हरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

धोविखोलामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने कोरिडोर निर्माणकार्य काठमाडौं उपत्यका बिकास प्राधिकरणले गरेको छ । वडाध्यक्ष हरुले धोविखोला कोरिडोरले शहरको ठुलो ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भएता पनि हरेक बर्ष आउने बाडिको प्रभावले स्थानीय जनताले दुख पाएको कारण अब योजना बद्द रुपमा अगाडि बढ्नुपर्ने र धोविखोलाको व्यावस्थापन सबैको जिम्मेवारी भएकोले समन्वय गरेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बाग्मती लगायतका सहायक नदिहरुको सरसफाइमा सबै निकायले ध्यान दिनुपर्ने र कसैले पनि अर्कोनिकायको जिम्मेवारी हो भनेर पन्छन नहुने बताए । समस्या छ भन्ने मात्र होइन, निर्देशन दिने मात्र होइन अब कार्यन्वयन गर्ने कुरामा अगाडि बढ्नुपर्ने र यसको लागि प्राधिकरणले सबै सँग समन्वय गरेर छिटो भन्दा छिटो काम गर्ने धारणा राखेका थिए । विगतमा कोरिडोर निर्माणको काममा सानातिना तत्काल गर्न सक्ने कामहरु पनि नगरिएको देखियो अब त्यस्ता कुरालाई ध्यानमा राखेर सडकमा कलरकोड, बत्ती, हरियाली, फुटपाथलाई फुटपाथको रुपमा नै प्रयोग गर्ने वातावरण समेत मिलाउने प्राधिकरणका विकास आयुक्त जानुका ढकालले  बताइन ।  

बिकास आयुक्त  ढकालले सबै निकायले मिलेर धोविखोलाको सौन्दर्यकरणमा ध्यान दिनुपर्ने र  फोहोर फाल्ने लाई कारवाहि गर्ने अधिकार स्थानीय तहलाई भएकोले जरिवना समेत लगाएर कारबाहि गर्न सके जथाभावी फोहोर फाल्नेमा केही कमि आउने बिश्वास रहेको र स्थानीय जनतालाई समेत आफ्नो घरबाटो सफा गर्नुपर्नेमा जिम्मेवार बनाउनकालागि कार्यक्रम बनाइने समेत बताइन  । उक्त छलफल कार्यक्रममा  धोविखोला आयोजना प्रमुख दिनेश कृष्ण पोतेको संयोजकत्वमा काठमाडौं नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाका वडा प्रतिनिधि , अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत किकास समितिका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि समेत रहनेगरी धोविखोला व्यावस्थापन समन्वय समिति गठन भएको छ भने यस समितिले खोलाको सौन्दर्यीकरण, ढल व्यावस्थनपन, फोहोर व्यवस्थापन, वृक्ष रोपन र त्यसको संरक्षण , पार्क निर्माणका लागि सार्वजनिक जग्गाको पहिचान लगायतका काममा समन्वयात्मक भुमिका निर्वाह गर्नेछ । हरेक बर्ष आउने बाढीले धेरैलाई दुख दिइरहेकोले प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि प्रकोपको अग्रिम सुचना दिने प्रणालीलाई अबलम्बन गर्ने र धेरै क्षति हुन नदिन के गर्ने सकिन्छ भनेर छलफल गरि अगाडि बढ्ने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस