नेपालगञ्ज । काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।
बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।
बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण