‘विश्वकप छनोट’ खेल्ने १६ सदस्य क्रिकेट टोलीको घोषणा, परेनन् टोलीमा सोमपाल, लोकेश बमको डेब्यू

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १० : २७
‘विश्वकप छनोट’ खेल्ने १६ सदस्य क्रिकेट टोलीको घोषणा, परेनन् टोलीमा सोमपाल, लोकेश बमको डेब्यू

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि १६ सदस्यीय छनौट गर्दै राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुवुदु दाशानायकेको सिफारिसमा घोषणा गरिएको टिममा नियमित सदस्यहरु विनोद भण्डारी र सोमपाल कामी परेका छैनन् । सोमपाल चोटग्रस्त छन् । सोमपालको स्थानमा जितेन्द्र मुखियालाई राखिएको छ ।

विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । उनीहरु यू–१९ राष्ट्रिय टोलीका खेलाडी हुन् । हिजो सम्पन्न प्रधानमन्त्री कप ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदर्शनका आधारमा लोकेश बम सिधै राष्ट्रिय टोलीमा परेका हुन् । उनी यसअघि घोषणा भएको ३० सदस्यीय प्रारम्भिक टोलीमा परेका थिएनन् ।

नेपाली टोलीः सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, कराण केसी, जितेन्द्र मुखिया, अबिनाश बोहरा, साहव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप एरी, लोकेश बम

प्रतिक्रिया दिनुहोस