काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यु-१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यु-१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।
“एसिसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यु-१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिंगापुरको टोलीलाई पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली भारत प्रस्थान
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने