काठमाडौं । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्ने भनेको हो ।
‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ’ आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले भने। उनका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।
१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।
१९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरु समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ । र मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था मिलाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ माघ २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु