कोरोना अपडेट: थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १६ : ३०
कोरोना अपडेट: थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ८८ र एन्टिजेन विधिबाट ५ हजार ३३१ जनामा परिक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप ६१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२८ छ ।