पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १३ : १४
पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

अमेरिका । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् । 

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । 

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । 

प्रतिक्रिया दिनुहोस