लुटेरा समुहको आक्रमणमा परि प्रहरीका असई घाईते

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, ११ : ५६
लुटेरा समुहको आक्रमणमा परि प्रहरीका असई घाईते

जनकपुर । लुटपाट गर्ने क्रममा लुटेरा समूहको आक्रमणमा परी धनुषामा प्रहरीका असई घाइते भएका छन् । बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गरेको धनुषाका प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरा समूहलाई नियन्त्रणमा लिएपछि असई पोखरेलमाथि आक्रमण भएको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ७ का अमित पाशमान भारतबाट घर फर्केन क्रममा उनलाई लुटेरा समूहले लुटेको थियो । घटनास्थल पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा पोखरेललाई आक्रमण भएको थियो । लुटपाट र आक्रमणमा संलग्‍न ५ जनालाई पक्राउ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस