विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पारेका छन । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको जनाए ।
आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामाकरण गर्ने बताए । मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने जनाएका छन । संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ माघ २०७८, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण