सत्ता गठबन्धन बैठक : स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, ११ : ४८
सत्ता गठबन्धन बैठक : स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

काठमाडौं ।सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो ।

संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस