नक्कली नोट कारोबारको आशंकामा दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, ०८ : ४३
नक्कली नोट कारोबारको आशंकामा दुई जना पक्राउ

महोत्तरी । महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।

नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका(६ का मोजहिद रेजा  भिठ्ठामोड(जलेश्वरबाट पक्राउ परेका हुन् ।
भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १-१  हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस