काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेका छन्।
पार्टीको महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमानलाई उपप्रधानसहित गृहमन्त्री बनाउन देउवा तयार भएका हुन् । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता गर्न छलफल सुरु गरेका हुन्।
मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए।
सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका गरे पनि खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको अनुसार दोस्रो चरणको चुनाव भएको थियो। पहिलो चरणमा ३७१ मत पाएका सिंहले देउवालाई सहयोग गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह