प्रदेश १ मा थप ६१७ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १८ : १६
प्रदेश १ मा थप ६१७ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ६ सय १७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका विभन्नि प्रयोगशालामा ८ सय ८९ जनाको पीसीआर परीक्षणमा ५ सय २१ र ३ सय ८० जनाको एन्टिजेन परीक्षणमा ९६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा २ सय २७, सुनसरीमा १ सय २९, झापामा १ सय १६, धनकुटामा ४, इलाम, सोलुखुम्बु र भोजपुरमा समान २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो।

मोरङको विराटनगरमा १ सय ९१, सुन्दरहरैंचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरीमा समान २, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा समान १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका समान ७, रामधुनीमा ३, बराहक्षेत्र र बर्जुमा समान २, गढी, भोक्राहानरसिंह र देवानगञ्जमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले झापाको बिर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा समान ९, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, कमल गाउँपालिकामा ३, बाह्रदशी र कचनकवलमा समान २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा समान १ जनामा संक्रमण भएको जनाएको छ।

पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकामा ४, इलामको चुलाचुली र मांसेबुङमा समान १, सोलुखुम्वुको सोलुदुधकुण्ड र नेचा सल्यानमा समान १, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। यसबीच गएको २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा २ पुरुषको मृत्यु भएको छ। 

प्रतिक्रिया दिनुहोस