मन्त्री झाँक्रीले गरिन सय दिनको काम सार्वजनिक

६ महिनामा मन्त्रालयको पुँजीगत खर्च १७ प्रतिशत

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, १४ : २२
मन्त्री झाँक्रीले गरिन सय दिनको काम सार्वजनिक

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेपछिका एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेकी छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजिगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइयो । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलब ९१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस