पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, ११ : ४०
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।

यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस