काठमाडौँ । कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालिको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो ।
उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको आजै दाहासंस्कार गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार भएको स्थानीयले बताएका छन् ।
मृतक बुढासंग आएका अन्य स्थानीय भने होम आइसोलेसनमा छन् । देशरभर कोरोना संक्रमण वृद्धि हुन थाले पछि बाजुरामा पनि संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।
हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगा नगरपालिकाका १ र बुढीनन्दा नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ । जिल्ला भर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ ।
जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्यक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्तरणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे । अस्पतालमा दैनिक एन्टीजेन परीक्षण गर्न आउनेको संख्यामा वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै