काठमाडौं । दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको हो ।
बोर्डले गरेको निर्णय उचित लागेमा मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्ने छ । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ । ‘बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालाको बैठकले मूल्य बढाउने सिफारिस गरेको छ, यो निर्णय किसानको हितमा छ,’ कार्यकारी निर्देशक यादवले भने । मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिए बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने उनले बताए ।
पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको तर सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको दाबी छ । चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य नै बढ्दा पनि किसानले पाउने गरी दूधको मूल्य बढाउनु जरुरी भएको कार्यकारी निर्देशक यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ माघ २०७८, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री बडू
नागरिकका सुझावः ‘आइपीओ निःशुल्क भर्नेदेखि व्यक्तिगत आयकरको सीमा ८ लाखसम्म’
गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
जलविद्युत् कम्पनी गाभिँदै, रिडी र रैराङ हाइड्रोपावरबीच सम्झौता