बेइजिङ । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।
शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।
शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताएका हुन् । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे । सो अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेकाा थिए ।
चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् । ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ माघ २०७८, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’