एजेन्सी । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् ।
कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुन्य प्राप्त हुन्छ ।
शनिबार पश्चिम वंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् ।
कोभिड बढेपछि भारतका विभिन्न सहरहरुमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ माघ २०७८, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर