काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।
शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ ।
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहेका छन् । उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
बैठकले मिति २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए । बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको पनि उनले बताए ।
महाधिवेशनमा मतदान तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेसभेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गर्न पनि एनआरएनएले सबै महाधिवशेन प्रतिनिधिहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैंडाकोटका गैरेद्वय एनआरएनए सचिवमा निर्वाचित
‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न
एनआरएनएको एकता महाधिवेशनका लागि काठमाडौँमा चहलपहल
सर्वोच्चमा के थियो आरके शर्माको मुद्दा ?
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै