काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।
महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।'
भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय रहेको पार्टीको भनाइ छ । 'नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग