पुतलीबजारको गोरखनाथ किराना स्टोर्सलाई ठाउँका ठाउँ ३ लाख रुपैया जरिवाना (भिडियोसहित )

प्रकाश सिग्देल

शुक्रबार, ३० पुस २०७८, १९ : ००
पुतलीबजारको गोरखनाथ किराना स्टोर्सलाई ठाउँका ठाउँ ३ लाख रुपैया जरिवाना (भिडियोसहित )

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुतलीबजारको गोरखनाथ किराना स्टोर्स लाई ३ लाख रुपैया जरिवाना गरेको छ ।लक्ष्मी काप्रिको नाममा रहेको सो फर्मले प्यान तथा भ्याट बिल जारी नगरी साधा कापिको पानामा लेखेर बिल बनाएर सामान खरिदकर्तालाई बिल दिएको उजुरी कार्यालयमा परेपछि त्यही बिलका आधारमा अनुगमन गरी तत्काल ३ लाख रुपैया जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले बताए ।

संञ्चालकलाई जरिवाना तिर्न आईतबार प्रशासन कार्यालयमा आउन शर्माले निर्देशन गरे ।उपभोक्ता अधिकार संरक्षण ऐनमा बाणिज्य बिभागका अधिकारीलाई फिल्डमै ३ लाख सम्म जरिवाना गर्ने अधिकार कानुनले दिएको र सहायक प्रमुख जिल्ला अधिकारी बाणिज्यले तोकेको निरिक्षण अधिकारी भएकाले उहाँलाई ३ लाख रुपैया सम्म जरिवाना गर्ने अधिकार रहेकाले जरिवाना गरिएको  खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए ।

व्यवसायीले अनिवार्य बिल लिनु र दिनु पर्ने कसैले पनि बिल नदिई सामान बिक्री गर्न नहुने उनको भनाई छ । अनुगमनका क्रममा केही अखाद्य ध्यु र मुल्य नराखिएको बिस्कुट बरामद समेत गरिएको उनले बताए ।

सो फर्म सरकारी निकायमा नबिकरण समेत नभएको पाईएको उनले बताए । साहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा संयुक्त अनुगमन टोलिले बजार अनुगमन गरिरहेको छ ।

त्यस्तै टोलिले जुस पसल बाट मुल्य सुचि नभएको ठुलो मात्रामा प्रान जुस नियन्त्रणमा लिएको छ । मुल्य नखुलेका बस्तु बिक्री गर्न नपाईने भएकाले अनुगमन गरी जफत गरेको र बजारमा यो ठुलो समस्या रहेकाले प्रमुख जिल्ला अधिकारी संग छलफल गरी यसलाई आयातमा नै कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा अर्थ मन्त्रालय र भन्सार बिभाग संग पनि आवस्यक परामर्श गरिने शर्माले बताए ।

जफत भएको सामान के गर्ने भन्ने निर्णय प्रमुख जिल्ला अधिकारी संग छलफल पछी सार्वजनिक गरिने शर्माले बताए । बंगलादेशमा उत्पादन हुने यो जुसमा मुल्य सुचि नराखी आयात भएका कारण यसबाट उपभोेक्ता ठगिने गरेका छन् ।

यो जुस बजारमा किराना पसल देखी जुस पसलसम्म अध्याधिक बिक्री हुने गर्दछ । यहाँका साना पसले भन्दा पनि ठुला आयातकर्ताबाटै यसलाई नियन्त्रण गर्नुपर्ने व्यवसायिहरु बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस