पत्रकार महासंघका अध्यक्ष पोखरेलको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले उठाए प्रश्न

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, १३ : २२
पत्रकार महासंघका अध्यक्ष पोखरेलको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले उठाए प्रश्न

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यशैलीप्रति केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् । उनीहरुले अध्यक्ष पोखरेलमाथि मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग गरेको, तथा अध्यक्ष नै जथाभावी आर्थिक संकलनमा लागेको र विवादित कार्यक्रमा अध्यक्ष सहभागी भएको घटनाको छानविन गर्न माग गर्दै बैठक बहिस्कार गरेका हुन् ।

शुक्रबार कपिलबस्तुमा बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले अध्यक्ष पोखरेलको अध्यक्षतामा बैठक सञ्चालन हुन नसक्ने अडान लिदै बाहिरिएका थिए ।  बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्य छन् ।

उनीहरुले ३ पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया अवार्ड र आर्थिक अपचलनबारे जवाफ नदिएसम्म बैठक बस्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस