काठमाडौँ। नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएका हुन् ।
उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सहजीकरणको माध्यमबाट जानु पर्ने हो, बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भयो।’
महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारले निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वी सुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
२८ गते हुने निर्वाचनको लागि पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक