काठमाडौँ । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।
महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ। यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरबाट को–को भए सर्वसम्मत ?
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने