एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।
उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् । गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ । अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ । त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० पुस २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
अमेरिका भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?
सर्वेक्षणमा ६ ठूला राज्यमा बाइडेनभन्दा ट्रम्प अगाडि
अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे
सङ्क्रमणकालीन न्यायको काम टुङ्ग्याउने सहयोग रहन्छ: अमेरिका