एजेन्सी । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन एक लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४२ जनाको ज्यान गएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ। दैनिक संक्रमणदर ११.०५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८६८ पुगेको छ। सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो। सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ पुस २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित