एजेन्सी । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन एक लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४२ जनाको ज्यान गएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ। दैनिक संक्रमणदर ११.०५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८६८ पुगेको छ। सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो। सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ पुस २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’