काठमाडौं । २४ घंटामा देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।
यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ पुस २०७८, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु