कोरोना अपडेट : थप १ हजार ४४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १६ : ४८
कोरोना अपडेट : थप १ हजार ४४६ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ९६५ र एन्टिजेन विधिबाट २ हजार ४६४ जनामा परिक्षण गर्दा १ हजार  ४४६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ । 

 यस्तै, आज थप २५५ जना कोरोना संक्रमण मुक्त भएका छन्  भने २ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस