काठमाडौं । सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ ।
नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नुपरेको बताएका छन् ।
उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए । राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ ।
धर्नामा सहभागी भएकाहरूले ‘हामी नेपाली बाबु–आमामा सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए ।
नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरूले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाइ सरकारले नगरेको धर्नामा बसेकाहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
मधेश प्रदेश सरकार गठनविरुद्ध धर्नामा बसे सांसदहरू
शिक्षक महासङ्घद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना
माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी
आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना
वकिललाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको धर्ना