सगरमाथाको उचाई जबर्जस्ती घटाउँदै चीन सरकार !

पत्रपत्रिकाबाट

विहीबार, २० बैशाख २०७५, ०८ : ०७
सगरमाथाको उचाई जबर्जस्ती घटाउँदै चीन सरकार !

सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो ? हामी भन्छौं आठ हजार ८ सय ४८ मीटर । तर, अझै पनि सगरमाथाबारे माथापच्ची जारी रहेछ । सर्वोच्च शिखर भर्खरै टेकेका केही विदेशी चीनबाट जारी भएको प्रमाणपत्र देखेर अचम्म मानिरहेका छन् । आफ्नो देशबाट हिँड्दा आठ हजार आठ सय ४८ मिटरको सगरमाथा चढ्न तिव्वती मोहोडातर्फ हान्निएका ती आरोहीले फर्कदा ४ मिटर होचोको प्रमाणपत्र पाएपछि अचम्म नमानुन् पनि कसरी ?

उनीहरुले नेपालको पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँग सोधे । नेपाल पक्षले होइन भनिरह्यो चीन पक्षले हो मात्रै भनेन नेपालले पुरानो उचाईलाई प्रचार गरेकोसमेत भन्न भ्यायो ।

यसो हुनुको कारण छ द माउन्टेरिङ एशोसिएसन अफ तिव्वतले आठ हजार आठ सय ४४ दशमलब १३ मिटर उचाइ किटान गरेर आरोहीलाई प्रमाणपत्र दिनु । सगरमाथालाई नेपाल  र चीनको पानीढलोका रुपमा लिइन्छ । शिखर उही हो, चढ्ने ठाउँ वा बाटोमात्र फरक । -जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस