सुर्खेत । कर्णालीका १० जिल्लामध्ये चार जिल्लामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् । सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भईरहेको छ । सुर्खेतमा सोमबार निर्वाचन हुँदैछ । कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरैजना आकांक्षी छन् । यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ ।
कर्णालीका १० जिल्लामध्ये गत शनिबार आठ जिल्लामा अधिवेशन सुरु भएको थियो । बाँकी रहेका मुगुमा मंगलबार र हुम्लामा २३ माघमा जिल्ला अधिवेशन हुने एमालेककर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय