पोखरा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका(१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।
आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु