नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १४ : १३
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको हो । 

‘पौष महिनामा संकलित जम्मा ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा  २५० वटा नमुनाहरु एस जिन नेगेटिभ आएको थियो ।  एस जिन नेगेटिभ पत्ता लागेको २४ स्याम्पलहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।’ मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ  । 

सरकारले ओमिक्रोन भेरियन्टका कारण हुनसक्ने बिरामीको चापलाई मध्यनजर गर्दै अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरूको जोहो गरी तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिएको छ ।यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस