चितवन मेडिकल कलेजमा छैठौं पटक कलेजो प्रत्यारोपण

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १२ : ३३
चितवन मेडिकल कलेजमा छैठौं पटक कलेजो प्रत्यारोपण

चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ६ वटा कलेजो प्रत्यारोपण भएका छन् । गत वर्षको चैतबाट शुरु भएको कलेजलो प्रत्यारोपण १० महिनामा ६ वटा भएका हुन् ।

कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी छैठौं पटक भएको कलेजो प्रत्यारोपणबारे जानकारी दिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा।डा। हरिश्चन्द्र न्यौपानेले नेपालमा नै सबैभन्दा बढी कलेजो प्रत्यारोपण गरिएको बताए । उनले कलेजले स्थापनाकालदेखि अति विशिष्ट सेवा प्रदान गर्दै आएको बताउँदै भने “कलेजो प्रत्यारोपण जस्तो चिकित्सक विधामा अति जटिल र विशिष्ट मानिने कलेजो प्रत्यारोपण गर्ने संस्थाका रुपमा चितवन मेडिकल कलेज परिचित भएको छ ।”

सो अवसरमा अस्पतालका निर्देशक डा.दयाराम लम्सालले विज्ञप्ति वाचन गरेर सुनाएका थिए । उनले पुस ४ गते आइतबार, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं.१९ स्थायी घर भएका ३८ बर्षको जीवन पुजराको सफल कलेजो प्रत्यारोपण गरिएको बताए । जीवनलाई उनको ३२ बर्षिय भाइ कृष्ण पुजराले प्रत्यारोपणका लागि कलेजो जानकारी लम्सालले दिए ।

कलेजका विशेषज्ञ चिकित्सकहरू सर्जन डा.सञ्जय यादव, डा.प्रविन जोशी, डा.जयन्त कुमार साह, डा.गौरव कट्टेल डा.सरोज ढुङ्गना, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा.विज्ञान पौडेल, डा.सुभास ओझा, डा.प्रदेश घिमिरे, डा.नेहा विष्टको टिमले प्रत्यारोपण गरेको थियो ।

यसैगरी स्टाफ नर्स कृति चौधरी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, श्रृति कुमारी यादव, बिना थापा, सुष्मा भुजेल, प्रेयङ्का पौडेल, यूरिसा भण्डारी, अस्मिता कैनी, बिनिता कुमारी सिहं, अस्मिता पराजुली, सन्जु अधिकारी, सुविना शर्मा, रोजिना थापा, भगवती श्रेष्ठ, रेस्मा श्रेष्ठ अनु नगरकोटी, अप्सरा चौधरी, सन्ध्या धौराली, सलिना ढकाल, अशिस यादव, प्रभा श्रेष्ठ र मनिसा श्रेष्ठ, यमकुमारी गुरुङ्ग लगायतको टिम यसमा प्रत्यक्ष रुपमा खटिएको डा.लम्सालले जानकारी दिए ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.रमन रानासहित नेपाली चिकित्सक तथा स्वाथ्यकर्मीहरुको टिमले १२ घण्टा लगाएर जीवनको सफल प्रत्यारोपण गरेको जानकारी गराउँदै डा.लम्सालले भने “पुजराको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।”

करिब एक वर्ष अघिदेखि नेपालका विभिन्न अस्पतालमा कलेजो सम्बन्धी नियमित जाँच गर्दै आएको पुजरामा Budd Chiari Syndrome with Complete PVT Disease Budd Chiari Syndrome with Complete PVT Disease को कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकोले चितवन मेडिकल कलेज भरतपुरमा कलेजो प्रत्यारोपणको लागि आएका सर्जन डा. सञ्जय यादवले बताए । उनले  बिग्रिएको कलेजोलाई पुर्नजीवन दिन निज बिरामीका भाइ कृष्णका शरिरमा कुनै असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको जानकारी दिए । । उनले भने “हाल कलेजो ग्रहण गर्ने दाइ जीवन र दान गर्ने भाइ कृष्ण दुबैको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।”

कलेजले शल्यक्रियामा आवश्यक रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्त संचारकेन्द कार्यालय चितवनका रमेश कान्त पौडेल र पोखराका अर्जुन ज्ञावलीलाई हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरेको छ ।अस्पतालले यस अघि पाँच वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । ती मध्ये एक जनामा समस्या देखिए पनि अन्य चार जना भने स्वस्थ रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस