काठमाडौं । ललितपुरको कुपण्डोलमा गएराति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको भने अर्का एक जना भने घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो । महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु