काठमाडौं । पुस तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो ।
नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार पुस तेस्रो साता १० गतेदेखि १६ गते) सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।
पुस पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो । वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ ।
यसैगरी पुस तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।
निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा-निक्षेप (सिडी रेसियो) अनुपातमा सुधार आएको छ । गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०.५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा