प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १४ : ४०
प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् ।

काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए। 

त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।

प्रतिक्रिया दिनुहोस