कोरोना अपडेट : थप ३२६ जनामा संक्रमण, २ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, १६ : ०४
कोरोना अपडेट : थप ३२६ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७०० र एन्टिजेन विधिबाट २७९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार २७७ र एन्टिजेनबाट ९६ हजार २८० जना पुगेको छ ।  

यस्तै, आज थप २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९८ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस