अंकारा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ ।उनीहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ ।
टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उनीहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ । त्यस अवसरमा उनीहरुले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गरेका थिए ।
पुटिन र एर्दाेगानबीच संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी भएकाे टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ पुस २०७८, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण