निर्मला हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

सोमबार, १९ पुस २०७८, ११ : १७
निर्मला हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको आशंकामा एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

साढे दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या गरिएको ठाउँ नजिकै तरकारी खेती गरेका भारतीय नागरिक निकार अली शंकाको घेरामा तानिएपछि प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ ।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका अलिको विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि नमूना पठाइएको प्रहरी स्रोतले बताएको छ । तर रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस