धनुषामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १३ : ३८
धनुषामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँचजना घाइते

file-photo

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर जनमतका ५ जना घाईते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्तिाजनक छ । घटनाबार विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस