डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, १३ : ३०
डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

काठमाडौं । डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । 

पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

 बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस