काठमाडौँ । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् ।
‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामालगायतलाई पार्टी हितविपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । थापा महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै लगातार पार्टी नेतृत्व र निर्मलनिवासप्रति कटाक्ष गर्दै आएका छन् । उनले पुस २७ गतेदेखि छुट्टै देशव्यापी अभियानसमेत सञ्चालन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ पुस २०७८, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति