बिदेसिनेको व्यथाः दश बर्षदेखि जापानमा बेपत्ता !

पत्रपत्रिकाबाट

बुधबार, १९ बैशाख २०७५, ०७ : ४४
बिदेसिनेको व्यथाः दश बर्षदेखि जापानमा बेपत्ता !

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको ईच्छा पुरा भएको थियो ।

भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन । एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाष सिेककी १९ बर्षीया सबनाले सुरुमा भिसा पाउने नपाउने निश्चित थिएन ।
जापान भए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिईन् ।  सबिना जापान पुगेको १७ महिनासम्म सोचेअनुसारकै परिस्थिति रह्यो । दुई बर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको खबर एक्कासी पाएपछि निराश भएका परिवारमा १० बर्ष वितिसक्दा पनि खुसी फर्कन सकेको छैन ।

छोरीको खोजीको लागि पटक पटक मन्त्रालयदेखि जापनास्थित नेपाली राजदुतावास र जापनको प्रहरीसमक्ष निवेदन दिईसकेको छु, सानुलालले भने, अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस