काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ। सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्।
कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ। दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्।
महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन्। ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन्। कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ।
१३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन्। यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वत केन्द्रीय सदस्य बनेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै