किन आफैं मर्छन् गैंडा ?

पत्रपत्रिकाबाट

बुधबार, १९ बैशाख २०७५, ०७ : ३०
किन आफैं मर्छन् गैंडा ?

एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता गैंडाको बढ्दाे प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो ।

निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो। टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ।
 टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस